पश्चिमतर्फ भारी वर्षा हुने, सतर्क रहन आग्रह
Saturday, August 15th, 2020, 11:45 am
काठमाण्डौ, ३१ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम भूभाग नजिक भएकाले शनिबार पश्चिमतर्फका अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना रहेको छ। सो क्षेत्र अन्तर्गत गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भेगमा दिनभर मौसम प्रभावित बन्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बाढी, डुवान र पहिरोको जोखिम बढ्न सक्नुका साथै देशैभर हल्का बर्षात् भएतापनि , तर शनिबार गण्डकी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा केही बढी वर्षा हुनेछ ।
त्यस्तै चार वटै प्रदेशका नदी तटीय क्षेत्र, चुरे क्षेत्र भएर बहने खहरे खोला नालामा जलसतह बढ्ने भएकाले आसपासका बस्तीमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तो असर आइतबार प्रदेश १ र बागमती प्रदेशमा समेत देखिने महाशाखाले जानकारी दिएको छ ।