नक्साल पेट्रोल पम्पमा कार्यरत हुँदा करोडभन्दा बढी हिनामिना गरेको आरोपित असई अख्तियारको फन्दामा
Friday, August 14th, 2020, 6:00 pm
काठमाडौँ, ३० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा रकम हिनामिना गरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीलाई पक्राउ गरेको छ ।
कार्कीलाई प्रहरी कल्याण कोष पेट्रोल पम्पमा कार्यरत हुदाँ ठूलै रकम हिनामिना गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियारका अनुसार प्रहरी प्रधान कार्यालयको उजुरीको आधारमा प्रहरी सहायक निरीक्षक कार्कीले सो पेट्रोल पम्पमा कार्यरत रहदा एक करोड आठ लाख ९९ हजार हिनामिना गरेको सम्बन्धमा उजुरी परेकोले नियन्त्रणमा लिएको हो ।
त्यस्तै अख्तियारले यस बिषयमा थप अनुसन्धान अघि बढाइरहेको बताएको छ ।