प्रदेश ५ सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि
Friday, August 14th, 2020, 4:38 pm
बुटवल, ३० साउन । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार एकजना कर्मचारीमा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएका व्यक्ति तथा मन्त्रालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गर्ने काम सुरु भएको छ भने स्वाब संकलनपछि रिपोर्ट नआउन्जेल सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ ।