लिखु तामाकोशी गाउँपालिका अध्यक्ष अपहरणको आरोपमा पक्राउ
Friday, August 14th, 2020, 4:10 pm
रामेछाप, ३० साउन । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले उनलाई व्यक्ति अपहरण तथा शरीर बन्धक गरेको आरोपमा पक्राउ गरिएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।
रामेछापका डिएसपी वसन्त पाठक अनुसार उनले स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको उजुरीको आधारमा अनुसन्धान गर्न पक्राउ गरिएकोे हो ।