जुगल पहिरोमा परेका ३८ जनामध्ये पाँच जनाको शव निकालियो, ३३ अझै बेपत्ता
Friday, August 14th, 2020, 2:43 pm
सिन्धुपाल्चोकं, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेमध्ये ५ जनाको शव निकालिएको छ भने अझै ३३ जना वेपत्ता नै रहेका छन् ।
त्यस्तै अहिलेसम्म पाँच जनाको शव निकाले पनि बाँकी वेपत्ता नै भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।
उनका अनुसार अहिलेसम्म मृतकहरुको सनाखत भइसकेको छैन भने प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा उद्धार कार्य अगाडि बढीरहेको छ ।
लिदीमा शुक्रबार बिहान घरमाथिबाट आएको पहिरोले ३७ घर पुर्नुका साथै सो पहिरोमा परेर ३८ जना बेपत्ता भएको थिए तर पाँच जनाको मात्रै शव भेटिएको छ ।