नेकपाभित्रको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन, महासचिव पौडेल संयोजक
Friday, August 14th, 2020, 2:21 pm
काठमाडौ, ३० साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र बढिरहेको गतिरोध अन्त्यका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
सो कार्यदलमा महासचिव विष्णु पौडेल संयोजक रहनेछने भने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् ।
बालुवाटार स्रोतका अनुसार कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिएकोे छ ।
त्यस्तै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बिहीबारको वार्तामा कार्यदल बनाएर विवाद समाधान गर्ने समझदारी भएको स्रोतको दाबी छ ।