एन्फाले बन्द प्रशिक्षणका लागि बोलाइएको एक खेलाडीमा कोरोना संक्रमण भेटियो
Friday, August 14th, 2020, 1:51 pm
काठमाडौ, ३० साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष टोलीका बन्द प्रशिक्षणका लागि बोलाइएका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
एन्फाले बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुमध्ये एका २० वर्षीय खेलाडीमा कोरोना पुष्टि भएको जनाइएको छ ।
पाटन अस्पतालमा गराइएको कोरोना परीक्षणका क्रममा २३ जना खेलाडीहरुमध्ये एकजनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि बिहीबार एक दिन नतिजा नै होल्ड गरिएको थियो । तर, दोस्रोपटकको परीक्षणमा नतिजा पोजेटिभ आएको हो ।
त्यस्तै एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो । बन्द प्रशिक्षणकै लागि एन्फाले खेलाडीलाई साउन १७ गतेदेखि क्वारेन्टिनमा राखेको थियो ।
यसैगरी भदौ १ देखि फुटबल टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भन्दै एन्फाले खेलाडी र अफिसियलहरुको कोरोना परीक्षण गरेको थियो ।