न्युरोडमा एक व्यापारीमा कोरोना देखिएपछि भदौ ७ गतेसम्म सम्पूर्ण पसल बन्द
Friday, August 14th, 2020, 1:36 pm
काठमाडौं, ३० साउन । काठमाडौंको न्युरोडमा एक व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँका सम्पूर्ण पसलहरु १० दिनका लागि बन्द गरिएको छ ।
कोरोना संक्रमण फैलिन नदिनका लागि वडा कार्यालयले सूचना जारी गरेर सम्पूर्ण पसलहरु भदौ ७ गते सम्मका लागि बन्द गर्न आग्रह गरेको छ ।
यसैगरी अहिले न्युरोड क्षेत्रका सबै पसलहरु बन्द गरिएको छ ।
