त्रिवि शिक्षण अस्पतालमा कार्यरत थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटियो
Friday, August 14th, 2020, 1:22 pm
काठमाण्डौ, ३० साउन । काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जना नर्स, एक चिकित्सक र एटेन्डेन्स लाई कोरोना पुष्टि भएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार उनीहरुको कोरोना परीक्षण त्रिवि शिक्षण अस्पतालमै गरिएको थियो भने उनीहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।
त्यस्तै आकस्मिक विभागका एक सय भन्दा बढी स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ भने उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आइ सक्ने अस्पतालले बताइएको छ ।
यसैगरी उनीहरु सबै हाल होम क्वारेन्टाइनमा रहेका छन् । संक्रमित स्वास्थ्यकर्मीहरु भने हाल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।