कोशी अस्पताल उपचाररत एक कोरोना संक्रमितको ज्यान गयो
Friday, August 14th, 2020, 12:43 pm
बिराटनगर, ३० साउन। बिराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ।
संक्रमित पुरुष सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको रहेका छन् । गम्भीर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो भने तेसै दिन उनको मृत्यु भएको हो ।
बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।