काठमाडौं उपत्यकाका १६५ प्रहरी कोरोना संक्रमित, देशभर ५२५ प्रहरीमा संक्रमण
Friday, August 14th, 2020, 12:36 pm
काठमाडौं, ३० साउन । देशभर फैलिएको कोरोना संक्रमणले नेपाल प्रहरीलाई पनि आक्रान्त पारेको छ । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या काठमाडौंका १६५ सहित देशभर ५२५ रहेको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयका १३५ जनामा कोरोना संक्रमण देखिएको छ भने काठमाडौं उपत्यकामा ३० जना सक्रिय संक्रमित छन् ।
यसैगरी प्रदेश १ मा २४ जना, प्रदेश २ मा ४८ जना, वाग्मती प्रदेशमा ३४ जना, गण्डकीमा १९ जना, प्रदेश ५ मा ४४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । हालसम्म १८७ जना भने कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो केही समयदेखि प्रहरीमा कोरोना संक्रमितको संख्या वृद्घि भइरहेको छ । देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमा कार्यरत प्रहरीमा संक्रमण बढी पाइएको छ ।