शुक्रबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना
Friday, August 14th, 2020, 12:19 pm
काठमाडौँ, ३० साउन । देशभर शुक्रबारको मौसममा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोे छ ।
त्यस्तै (आज) शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी महाशाखाका अनुसार प्रदेश नं १ ,बाग्मती प्रदेश, प्रदेश नम्बर ५ र सुदूर पश्चिम प्रदेशका एक÷दुई स्थानहरुमा राति पनि भारी वर्षा हुने सम्भावना रहेको छ ।