जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द
Thursday, August 13th, 2020, 8:33 pm
सिन्धुपाल्चोक, २९ साउन । कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमका कारण नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै कार्यालयले बिहीबार सूचना जारी गर्दै भोलि शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो ।
यसैगरी नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ता एवं पत्रपत्रिका दर्ता वा नवीकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा हाल स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले उल्लेख गर्दै सूचना जारी गरेको छ ।
जिप्रका अनुसार शान्ति सुरक्षासम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने यथावत नै सञ्चालन हुनेछ ।