आज उपत्यकामा १२७ जना नयाँ कोरोना संक्रमित थपिए, काठमाडौंमा मात्रै १११ जना संक्रमित
Thursday, August 13th, 2020, 5:04 pm
काठमाडौं, २९ साउन । बिहीबार मात्रै उपत्यकाका ३ जिल्लामा १२७ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा १२७ जनामा कोरोना देखिंएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्रै १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
ती संक्रमितहरु कुनकुन ठाउँका हुन् भन्ने चाँही मन्त्रालयले खुलाएको छैन ।