बिहीबार मात्रै ५२५ जना नयाँ कोरोना संक्रमित थपिए , डिस्चार्ज हुनेको संख्या १०९ जना
Thursday, August 13th, 2020, 4:54 pm
काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना निको भएर डिस्चार्ज भएका छन् । योसंगैं डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।
त्यस्तै बिहीबार ९ हजार ८५९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।