कोमामा पुगे उपचाररत भारतीय पूर्वराष्ट्रपति मुखर्जी
Thursday, August 13th, 2020, 2:01 pm
काठमाडौं, २९ साउन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको भारतीय संचार माध्यमले जनाएको छ ।
नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको बिहीबार बिहान जानकारी दिएको हो ।उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।
गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको बताएका थिए ।
मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।