काठमाडौ उपत्यकामा आजदेखि प्रवेश निषेध
Thursday, August 13th, 2020, 1:45 pm
काठमान्डौ, २९ साउन। कोरोना भाइरसका कारण काठमान्डौ उपत्यकामा प्रवेश रोक लगाएको छ। गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै आज देखी उक्त नियम लागु गरेको हो।
कोरोना भाइरस (कोभिड—१९)बाट संक्रमित हुनेको संख्या निरन्तर बढ्दै गएपछि काठमाडौ भित्रने र बाहिरिनेका लागि दिइने पास पूर्ण रुपमा बन्द गरिएको छ ।
अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान नपाइने बताइएको छ । गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।