कोरोना संक्रमित भेटिएपछि आज बिहानबाट आरुबारीको हातेमालो क्षेत्र शील
Thursday, August 13th, 2020, 10:08 am
काठमाडौं, २९ साउन । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ९ स्थित आरुबारीको हातेमालो क्षेत्रमा कोरोना संक्रमित भेटिएपछि सो क्षेत्र आज बिहानबाट शील गरेको छ । स्थानीय एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले सो क्षेत्र शील गरेको हो ।
गोकर्णेश्वर नगरपालिका ९ का अध्यक्ष राजीव थापाले आरुबारीस्थित अरुणोदय मा.वि.भन्दा पछाडी रहेको हातेमालो क्षेत्रका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा आवतजावतसमेत पूर्ण रुपमा निषेधित गरिएको जानकरी दिएका छन् ।
त्यस्तै नगरपालिकाले संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी गरी कोरोना परीक्षण गर्ने जानकारी दिएको छ भने संक्रमितको निकटमा पुगेका व्यक्तिहरूले वडा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।
सो क्षेत्रका बासिन्दालाई अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर नआउन र घरभित्रै सुरक्षित बस्न वडाध्यक्ष थापाले आग्रह गरेका छन् ।