महेन्द्रनगरको सब्जीमण्डी रोडमा भेटियो प्रेसर कुकर बम
Thursday, August 13th, 2020, 9:33 am
कञ्चनपुर, २९ साउन । महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा प्रेसर कुकर बम भेटिएको छ ।
बुधबार राति २ बजे सब्जीमण्डी रोडको भानु पार्टी प्यालेस नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको थियो । नेपाली सेनाको टोलीले बमलाई बिहान निष्क्रिय पारिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाका अनुसार बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ भने सो पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।
त्यस्तै राति २ बजे बम भेटिएको थियो भने विहान ६ः५० बजे निष्क्रिय पारिसकेको छ तर बमसँगै भेटिएको पर्चाका आधारमा अनुसन्धान पनि अघि बढाइएको नायब उपरीक्षक थापाले जानकारी दिएका छन् ।