बुटवलमा भोलि राति १२ बजेदेखि ९ दिनसम्म लकडाउन हुने
Wednesday, August 12th, 2020, 7:50 pm
बुटवल, २८ साउन । कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन थपिँदै जान थालेपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निणर्य गरेको छ ।
यसैगरी बुधबार प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले बुटवलमा फेरि लकडाउन गर्ने निर्णय गरेको हो ।
बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म ९ दिन लकडाउन गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिएकी छिन् ।
त्यस्तै उनका अनुसार यसरी अचानक लकडाउनको निर्णयले गर्दा बुटवलबाट अन्यत्र जाने र बुटवल आउनेहरुलाई हुनसक्ने समस्यालाई मध्यनजर गरी एकदिनको समय दिएर लकडाउन गर्ने निर्णय गरिएको छ ।
भोलिदेखि लागू हुने लकडाउनको अवधिभरी बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन गर्न पाइनेछ ।