सञ्चारमाध्यमले कोरोनाबारे सही सूचना दिनुपर्छ : स्वास्थ्य मन्त्रालय
Wednesday, August 12th, 2020, 6:28 pm
काठमाण्डौ, २८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चारमाध्यमहरुलाई जनस्वास्थ्यको मापदण्डबारे सही सूचना दिनुपर्ने बताएको छ ।
त्यस्तैे सञ्चारमाध्यमलाई कोभिड १९ महामारीको नियन्त्रण एवम् रोकथाम नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानलाई सहयोग गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आग्रह गरेको छ ।
कुनैपनि काम गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने जस्ता असल स्वास्थ्य बानी व्यवहारलाई निरन्तरता दिनलाई जनसमुदायसंग उनले आग्रहसमेत गरेका छन् । साथै उनका अनुसार कोभिड १९ को महामारीको सन्दर्भमा ज्येष्ठ नागरिकहरुको सेवा प्रवाह सम्बन्धी मापदण्ड स्वीकृत गरिएको छ ।
कुनैपनि सञ्चारमाध्यमले कोरोनाबारे सही सूचना प्रवाह गर्दै सरकार र नागरिक दुवैलाई सहयोग पुर्याइदिन गौतमले आग्रह गरेका छन् ।