शुक्रबारदेखि मौसम खुल्दै जानेछ : मौसमविद्
Wednesday, August 12th, 2020, 6:10 pm
काठमाण्डौ, २८ साउन । मनसुनी न्यून चापीय प्रणाली सक्रिय हुँदा केही दिनयता देशभरको मौसम प्रायः बदली भइरहेको छ ।
त्यस्तै मौसमविद्का अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ भने अन्य प्रदेशका एकदुई ठाउँमा पनि हल्कादेखि सामान्य पानी परिरहेको छ ।
बुधबार पश्चिमका केही क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको छ , जसले गर्दा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भन्दै सचेत रहन मौसमविद सजीना शाक्यले जानकारी दिनुभएको छ ।
उनका अनुसार मनसुनी न्यून चापीय प्रणाली सामान्य अवस्थातर्फ फर्किन लागेकाले बुधबार र बिहीबारको तुलनामा शुक्रबारदेखि मौसम खुल्दै जानेछ ।