बुधबार मात्रै ८ जना कोरोना संक्रमितको मृत्यु, योसंगै मृत्यु हुनेको संख्या ९१ पुग्यो (विवरणसहित)
Wednesday, August 12th, 2020, 5:52 pm
काठमाण्डौ, २८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
बुधबार (आज) काठमाण्डौका एक ७८ वर्षीय वृद्घाको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनको मृत्युछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी धादिङ्गका ३२ बर्षीय पुरुषको साउन २७ गते उपचारका क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा ज्यान गएको थियो । मृत्युपश्चात गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
ललितपुरको मेडिसीटि अस्पतालमा उपचाररत धनुषाको एक जना ७१ बर्षीय वृद्घको साउन २८ गते आज कोरोना संक्रमणबाट ज्यान गएको छ ।
त्यस्तै आज बुधबार धनुषाका एक ३८ बर्षीय महिलाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको मृत्यु ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सप्तरीका एक ७२ बर्षीय वृद्घको उपचारका क्रममा साउन २७ गते कोरोना संक्रमणबाट ज्यान गएको छ । मृत्युपश्चात गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
मोरङका ५५ बर्षीय कोरोना संक्रमित एक पुरुषको धरानस्थित वि.पि काइराला अस्पतालमा उपचारका क्रममा आज साउन २८ गते ज्यान गएको छ ।
बुटवल कोभिड १९ अस्पतालमा उपचाररत कपिलबस्तुका एक ४२ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण साउन २८ गते (आज) मृत्यु भएको छ ।
यसैगरी बुधबार (आज) बाराका कोरोना संक्रमित एक ७२ वर्षीय वृद्घको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
८४औ, ८५औ, ८६औ, ८७औ, ८८औ, ८९औ, ९०औ र ९१औ कोरोना संक्रमितको मृत्युसंगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।