काठमाडौमा मात्रै भेटिए थप १०९ जना नयाँ कोरोना संक्रमित, स्थिति भयावह बन्दै
Wednesday, August 12th, 2020, 5:23 pm
काठमाडौ, २८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
बुधबार मात्रै काठमाडौमा १०९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै उपत्यकाका संक्रमित कुन कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।