बुधबार मात्रै थपिए ४८४ जना नयाँ कोरोना संक्रमित, ६४ जना भए संक्रमणमुक्त
Wednesday, August 12th, 2020, 4:51 pm
काठमाडौं, २८ साउन । बुधबार मात्रै नेपालमा थप ४८४ जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
आज १० हजार ४ सय ८१ जनाको कोरोना परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा २४ हजार ४३२ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् भने योसंगै डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।