धरानमा लकडाउनको अवधि पाँच दिन बढाइयो
Wednesday, August 12th, 2020, 4:34 pm
धरान, २८ साउन । कोरोना संक्रमणको जोखिम बढेसंगै धरान उपमहानगरपालिकाले गत साउन २१ गतेदेखि आसम्म गरेको लकडाउन म्याद थप पाँच दिनका लागि बढाएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईका अनुसार बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको भर्ना नलिएकाले लकडाउनको अवधि थप गर्ने निर्णय गरिएकोे हो।
यसैगरी धरान उपमहानगरपालिकाले आजदेखि फेरि साउन ३२ गतेसम्मका लागि लकडाउनको अवधि बढाएको छ ।