आज मात्रै ४ जना कोरोना संक्रमितको मृत्यु, योसंगै मृत्यु हुनेको संख्या ८३ पुग्यो (विवरणसहित)
Tuesday, August 11th, 2020, 6:27 pm
काठमाण्डौ, २७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
बुधबार धनुषा जिल्लाका एक ६० वर्षीय पुरुषको उपचारका क्रममा जनकपुर अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी धनुषाकै अर्का एक ५० बर्षीय पुरुषको पनि साउन २५ गते उपचारका क्रममा अस्पतालमा ज्यान गएको थियो । मृत्युपश्चात गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रेकी एका जना ५० बर्षीय महिलाको साउन २७ गते आज कोरोना संक्रमणबाट ज्यान गएको छ ।
त्यस्तै गत साउन २२ गते सिन्धुपाल्चोककी एक ८४ बर्षीय वृद्धाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । उनको मृत्यु काठमाण्डौको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ पुष्टि भएको हो ।
८०औ, ८१औ, ८२औ र ८३औ कोरोना संक्रमितको मृत्युसंगै नेपालमा मृत्यु हुनेको संख्या ८३ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।