भक्तपुर मध्यपुर थिमीको केमिकल उद्योगमा आगलागी
Tuesday, August 11th, 2020, 6:14 pm
काठमाडौं, २७ साउन । भक्तपुरको मध्यपुर थिमीमा रहेको केमिकल उद्योगमा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो ।
अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको भक्तपुर प्रहरीका डीएसपी दीपक गिरी जानकारी दिएका छन ।
साथै, आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि खटिएका छन् ।