अब दश बटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने
Tuesday, August 11th, 2020, 5:58 pm
काठमाण्डौ, २७ साउन । नेपाल सरकारले १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन योभन्दा अघि २० वटा नाकाबाट प्रवेश दिइएको थियो भने अबदेखि १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय गरेकोे छ ।
त्यस्तै काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने खतिवडाले बताएका छन् । मन्त्रिपरिषदले गरेको सो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने उनले जानकारी पनि दिएका छन् ।
कोरोना संक्रमण बढ्दै एवम् फैलिएसंगै यसअघि जेठ १२ को निर्णयमा २० नाकाबाट नेपाल प्रवेश गर्न सकिने निर्णय भएता पनि उक्त निणर्यलाई मन्त्रिपरिषदले संशोधन गर्दै १० वटा नाकामा झारेको हो ।
यसैगरी नेपालतर्फको सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको प्रवक्ता खतिवडाले बताएका छन् ।
उनका अनुसार मालसामान ढुवानी र जोखिममा रहेका नेपाली नागरिकलाई नाकाबाट प्रवेश गर्न दिइने छ ।