होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने, टेक अवे नियम फेरि लागू
Tuesday, August 11th, 2020, 5:11 pm
काठमाडौं, साउन २७ । नेपाल सरकारले कोरोना संक्रमणको जोखिम बढेसंगै होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुनः लागू गरेको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार गत साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएको थियो तर फेरि कोरोना संक्रमण बढेकाले टेक अवेमात्रै गर्न मिल्ने बनाइएकोे छ ।
त्यस्तै होटल रेष्टुरा खोल्न भनिएता पनि अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने सरकारले निर्णय गरेको छ । साथै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हुनुपर्ने बेला मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै प्रवक्त खतिवडाले जानकारी दिएका छन् ।