मंगलबार थपिए ६ सय ३८ नयाँ कोरोना संक्रमित, १ सय ७१ जना डिस्चार्ज भए
Tuesday, August 11th, 2020, 4:48 pm
काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा हालसम्मको संक्रमित संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार (आज) १ सय ७१ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् भने यीसहित हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टा भित्र १० हजार ४ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ । यसैगरी हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भइसकेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।