त्रिविको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गर्ने ७ जना नेविसंघ कार्यकर्ता पक्राउ
Tuesday, August 11th, 2020, 3:09 pm
२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने नेविसंघका ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो ।
त्यस्तै नेविसंघ कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालय तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा तोडफोड गरेका थिए ।
यसैगरी सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका नेविसंघ केन्द्रीय समितिले जानकारी दिएको छ ।
महामन्त्री दीपक भट्टराईले पक्राउ परेका ती ७ जना कार्यकर्ताहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।
मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।
नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यका अनुसार परीक्षाको विकल्पको माग गर्दै हिजो रेक्टरलाई भेट्न गएका बेला दिन सक्दैनौ भन्ने जवाफ आएको हुनाले मंगलबार उपकुलपति र रजिस्टारको कार्यालयमा विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका हुन् ।