धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
Tuesday, August 11th, 2020, 2:38 pm
जनकपुरधाम, साउन २७ । धनुषामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार विदेह नगरपालिका वडा नं ८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो ।
त्यस्तै सो पुरुषलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पतालमा करिब २० दिन देखि आईसीयुमा राखे उपचार गरिरहेको थियो तर उपचारका क्रममा गए राति उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मृतकको कुनै ट्राभल हिस्ट्री नभएता पनि धनुषामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन् ।
यसअघि आइतबार पनि एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो तर सोमबार मात्र कोरोना पुष्टि भएको थियो ।