सुनको मूल्य घट्ने क्रम जारी
Tuesday, August 11th, 2020, 1:38 pm
काठमाण्डौ, २७ साउन । पछिल्लो समय ऐतिहासिक रेकर्ड कायम गर्दै आएको सुनको मुल्य आइतबारदेखि घट्न शुरू गरेको छ ।
आइतबारदेखि घट्न शुरु गरेको सुनको मूल्य आज मंगलवार पनि नेपाली बजारमा तोलामा ८ सय रुपैयाँले गिरावट आएको छ भने आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम थियो । यसदिन तेजाबी सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ कायम रहेको छ भने अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।