काठमान्डौको पुतलीसडकमा आगलागी
Monday, August 10th, 2020, 6:01 pm
काठमान्डौ, २६ साउन। काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ ।
काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । आगलागी हुँदा एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले स्टाण्डर्ड दिए ।
विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौँ महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।