गोगंबुमा सुट्केसभित्र भेटिएको शवको पहिचान खुल्यो
Monday, August 10th, 2020, 6:07 pm
काठमाडौं, २६ साउन । हिजो गोंगबुमा सुट्केसभित्र भेटिएको शवको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको सनाखत भएको छ ।
शवको सनाखत हुन नसकेपछि अनुसन्धानले गति लिन नसकेको कारणले गर्दा प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो ।
प्रहरी स्रोत अनुसार तस्वीर सार्वजनिक भएपछि शव बोहराको भएको खुलेको हो । उनी नयाँ बजार क्षेत्रको एक उद्योगका कामदार रहेको पत्ता लागेको हो ।
त्यस्तै मृतकको सनाखत भएपछि काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले घटनास्थल गोंगबु पुगेको छ ।