काठमाडौं उपत्यकामा थपिए ४३ जना नयाँ कोरोना संक्रमित
Monday, August 10th, 2020, 5:40 pm
काठमाडौं, २६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सोमबार थप ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ ।
योसंगै सोमबार देशभरमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मन्त्रालयले काठमाडौंका संक्रमितहरुको परिचय र स्थान भने खुलाएको छैन ।