सोमबारमात्रै ३ सय ३८ नयाँ कोरोना संक्रमित थपिदाँ, १ सय ४० जना भए डिस्चार्ज
Monday, August 10th, 2020, 5:21 pm
काठमाडौं, २६ साउन । सोमबार नेपालमा ३ सय ३८ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । यो संगै हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४० जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् भने यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनामुक्त भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर परीक्षण भएको छ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ७९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ ।