कोरोना संक्रमित पुरूषको मेडिसिटी हस्पिटल भैँसेपाटीमा मृत्यु
Monday, August 10th, 2020, 2:15 pm
काठमाडौं, २६ साउन । ललितुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गेलालका अनुसार काठमाडौँको कलंकी ट्याक्लाफाँट निवासी ६४ वर्षका पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
उनलाई गत साउन १९ गते निमोनिया भएर मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो भने उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको डा. गोलाले बताएका छन् ।