वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६
Monday, August 10th, 2020, 12:24 pm
वीरगञ्ज, २६ साउन । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पताल गण्डकमा वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीया महिलाका उपचारका क्रममा मृत्यु भएको थियो र मृत्युपछि उनको रिपोर्ट पोजेटिभ आएको हो ।
गण्डक कोभिड अस्पतालका इन्चार्ज डाक्टर निरज सिंहका अनुसार उनको शनिबार राती उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ पुष्टि भएको हो ।
त्यसै श्वासप्रश्वासमा अचानक समस्या भएपछि उनलाई अस्पताल ल्याइएको भएता पनि कोरोना संक्रमण भए नभएको थाहा नहुँदै उनको ज्यान गएको थियो ।