अध्यागमन विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भिसाको काम स्थगित
Monday, August 10th, 2020, 11:35 am
काठमाडौँ, २६ साउन । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ ।
विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको छ ।
त्यस्तै कार्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्डलाई विशेष ध्यानमा राख्दै कर्मचारीबाहेक अरुलाई प्रवेशमा रोक लगाइएको छ ।