आज सोमबार पनि सुनको भाउमा गिरावट कायमै
Monday, August 10th, 2020, 11:21 am
काठमाण्डौ, २६ साउन । हिजोदेखि सुनको मुल्यमा गिरावट आउन थालेको थियो भने आज पनि कायमै रहेको छ । आज पनि नेपाली बजारमा सुनको मूल्यमा २ सय रुपैयाले गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महांसघका अनुसार आइतबार छापावाला सुन प्रतितोलाको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सोमबार सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम रहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।