कोरोनाको संक्रमणबाट थप २ जनाको मृत्यु, मृतककाे संख्या ७५ पुग्याे
Sunday, August 9th, 2020, 7:00 pm
काठमान्डौ, २५ साउन। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको जानकारी दिए ।
कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय पुरुष र पर्साको वीरगञ्ज महानगरपालिका–२ की २० वर्षीया युवतीको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
उनका अनुसार ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरगञ्जकी २० वर्षीया युवतीको नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनीहरु दुवैको साउन २४ मृत्यु भएको उनले बताए। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ।