लेबनानका सूचनामन्त्रीले बेरुत विस्फोटबाट दुखी भएको भन्दै राजीनामा दिइन्
Sunday, August 9th, 2020, 6:21 pm
एजेन्सी, २५ साउन । गत बुधबार लेबनानको बेरुतमा भएको विस्फोटको घटनासँगै यहाँकी सूचनामन्त्रीले राजीनामा दिएकी छन् । उक्त विस्फोटको घटनाबाट आफू दुखी भएको भन्दै मनाल अब्देल समादले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
रुत विस्फोटमा परी १ सय ५० भन्दा जनाभन्दा धेरैको ज्यान जानुका साथै ५ हजार घाइते छन् । सो घटनापछि मनाल नै पहिलो सरकारी उच्च अधिकारी हो जस्ले राजीनामा घोषणा गरिन् । उनले जारी गरेको विज्ञप्ति अनुसार बेरुतको विशाल विपदपछि सरकारबाट आफू राजीनामा घोषणा गरेकी छिन् । साथै मनालले उक्त घटनाप्रति माफी मागेको एक स्थानीय मिडियाले जानकारी दिएको छ ।
त्यस्तै लेबनानको बेरुतमा भएको घातक विस्फोटको घटनापछि त्यहाँका स्थानीयहरुले सरकारलाई उक्त घटनाप्रति उदाशिन बनेको भन्दै प्रदर्शन गरेका छन् । जनताहरुले सरकार विरुद्ध प्रदर्शन गर्न थालेपछि सूचना मन्त्री मनालले राजीनामा दिएकी हुन् ।
लेबनानका राष्ट्रपति माइकेल आउनले सत्य कमजोर हुने भन्दै अन्तर्राष्ट्रिय समुदायबाछ गरिएको अनुसन्धानको प्रस्ताव अस्वीकार गरेका छन् । स्थानीयको विशाल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय समुदायबाट पनि यतिबेला लेबनान सरकारलाई दबाब बढेको छ भने उक्त घटनापछि त्यहाँका ६ जना विधायकले पनि राजीनामा दिइसकेका छन् ।