बुटवलको नेकपा कार्यालयका कार्यकर्तामा कोरोना संक्रमण पुष्टि, पार्टी कार्यालय सिल
Sunday, August 9th, 2020, 5:54 pm
बुटवल, २५ साउन । नेकपाको बुटवलस्थित प्रदेश ५ कार्यालयका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि तिन दिनको लागि कार्यालय सिल गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ७२ घण्टाको लागि कार्यालय सिल गरिएको हो ।
पार्टी कार्यलय सचिव वालकृष्ण पाण्डेका अनुसार संक्रमण पुष्टि भएका कार्यकर्ता कार्यालयमा आउनेजाने भएकाले ७२ घन्टाका लागि कार्यालय सिल गरिएकोे छ ।
त्यस्तै ती संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा उपस्थित भएका पनि थिए र सोही बीचमा पार्टी कार्यालयमा दूरी कायम गरेता पनि बैकठ समेत भएको सचिन पाण्डेले बताएका छन् ।