उपत्यकामा भेटिए थप ९२ कोरोना संक्रमित, स्थिति भयावह बन्दै
Sunday, August 9th, 2020, 4:43 pm
काठमाडौ, २५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना नयाँ कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ भने संक्रमितको संख्यापनि त्यतिकै मात्रामा बढिरहेको छ ।