पछिल्लो २४ घन्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २२,९७२ पुग्यो
Sunday, August 9th, 2020, 4:31 pm
काठमान्डौ, २५ साउन। नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंग मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको छ ।