पहिरोको कारण कर्णाली राजमार्ग फेरि अवरुद्ध
Sunday, August 9th, 2020, 4:16 pm
दैलेख, २५ साउन। कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।
“शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ ।”