स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै चार जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि
Sunday, August 9th, 2020, 4:13 pm
काठमाण्डौ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना कर्मचारीको स्वाब संकलन कोरोना परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
ती संक्रमित कर्मचारीहरुको पहिचान भइसकेको र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य पनि सुरु गरिएको छ ।
गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले ती संक्रमित कर्मचारीहरुको स्वाब संकलन गरेको थियो ।