भक्तपुरमा २२ महिने बालकसहित परिवारका २ जनामा कोरोना पुष्टि, सिपाडोल ८ खापी क्षेत्र सिल
Sunday, August 9th, 2020, 3:58 pm
भक्तपुर, २५ साउन । भक्तपुरमा एकै परिवारका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ खापी क्षेत्र सिल गरिएको छ । २२ महिने बालकसहित परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको वडाध्यक्ष किरण थापाले जानकारी दिएका छन्।
स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारका अनुसार सिपाडोल वडा नम्वर ८ खापीमा घर भएका नक्सालमा कार्यरत प्रहरी जवानलाई साउन १९ गते कोरोना पुष्टि भएको थियो भने उनका २८ वर्षीया श्रीमती र २२ महिने बालकलाई समेत कोरोना कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार बालकको हाँत भाचिएपछि उनको उपचारका लागि भक्तपुरको भिसीखेलस्थित सिद्ध स्मृति अस्तालमा लगिएको थियो तर त्यहाँबाट थप उपचारका लागि भक्तपुर सल्लाघारी स्थित ईवामुरा अस्पताल लगिएको थियो । उपचार अघि अस्पतालले बालकको स्वाव परीक्षणका लागि पठाएको थियो भने आमा र बालक दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको थियो ।
त्यस्तै संक्रमित आमा र बालक दुवै जनालाई काठमाडौंको पुलिस अस्पतालमा लगिएको छ भने संक्रमित प्रहरी जवानको उपचार भक्तपुरकै दुवाकोट स्थित केएमसी अस्पतालमा भइरहेको स्वस्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले जानकारी दिएका छन् ।
संक्रमित बालकसहित उपचारमा संलग्न ईवामुरा अस्पतालका १० कर्माचारी र ३ जना चिकित्सकलाई आसोलेशनमा राखिएकोे अस्पतालका व्यवस्थपक रंजित मारिखुले बताएका छन् ।